अस्पतालको सङ्गठनात्मक संरचना
"दमक अस्पताल एक सरकारी स्वास्थ्य संस्था हो, जसले दमक नगरपालिका र आसपासका क्षेत्रका बासिन्दाहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। सरकारी स्तरमा १५ शैया स्वीकृत भए तापनि यस अस्पतालमा बिरामीको चापलाई मध्यनजर गर्दै हामीले हाल ७१ शैयामार्फत सेवा विस्तार गरेका छौं। दक्ष मेडिकल सुपरिटेन्डेन्टको नेतृत्वमा अनुभवी मेडिकल अधिकृत, नर्सिङ टोली, र प्राविधिक तथा सहयोगी कर्मचारीहरू कार्यरत छन्। हामी प्रशासन र प्राविधिक दुवै पक्षलाई उत्तिकै प्राथमिकता दिँदै बिरामीको सेवामा समर्पित छौं।"