दमक अस्पताल अन्तरङ्ग सेवा
"हाम्रो अस्पताल सरकारी मापदण्ड अनुसार १५ शय्याको स्वीकृत दरबन्दीमा रहे तापनि स्थानीय स्तरमा बढ्दो बिरामीको चाप र विशिष्ट उपचार सेवाको आवश्यकतालाई हृदयङ्गम गर्दै हामीले सेवाको दायरालाई उल्लेख्य रूपमा विस्तार गरेका छौँ। बिरामीहरूलाई समयमै र गुणस्तरीय उपचार प्रदान गर्ने उद्देश्यले हाल अस्पतालमा कुल ७१ शय्या हरू सञ्चालनमा छन्। जस अन्तर्गत आकस्मिक उपचारका लागि १३ बेड, जनरल वार्डमा १५ बेड र प्रसूति सेवाका लागि १४ बेड छुट्याइएको छ। जटिल अवस्थाका बिरामीहरूको विशेष निगरानीका लागि ६ बेडको ICU र ६ बेडको HDU सहित शल्यक्रिया पछिको हेरचाहका लागि ११ बेडको पोस्ट-अप (Post-OP) वार्ड पूर्ण रूपमा सञ्चालनमा रहेका छन्। साथै, बिरामीहरूको सुविधा र मागलाई ध्यानमा राख्दै थप ६ बेडको सुविधासम्पन्न क्याबिन सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सीमित स्रोत र साधनका बाबजुद बिरामीको चापलाई व्यवस्थापन गर्दै उत्कृष्ट विशेषज्ञ सेवा दिन हामी सदैव प्रतिबद्ध छौँ।"
| वार्डको प्रकार | बेड संख्या |
|---|---|
| इमर्जेन्सी (Emergency) | १५ |
| जनरल वार्ड (General Ward) | १७ |
| गाइने वार्ड (Gyne Ward) | १७ |
| पोस्ट-अप (Post-OP) | १४ |
| आईसियु (ICU) | ६ |
| एचडियु (HDU) | ६ |
| क्याबिन (Cabin) चाँडै सञ्चालन हुने | ६ |
| जम्मा (Total) | ८१ |